समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, पुस २१ ।

नेपालको एक मात्र जनकपुरधाम–जयनगर रेलमार्गमा तत्काल सेवा सुचारुका लागि नेपाल सरकारले ५० करोडमा रेल ल्याउने तयारी गरेको छ । सरकारले भाडामा ल्याएर चलाउनु भन्दा आफ्नै रेलगाडी किनेर चलाउने सस्तो भएका कारण तत्काल ५० करोडमा रेल किनेर सेवा सञ्चालनको तयारी गरेको हो ।

जनकपुरधाम–जयनगर रेल सेवा सुचारुको लागि रेल चलाउने जनशक्ति नेपालमा उपलब्ध नभएकोले आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याउन लागिएर रेल्वे सञ्चालनको तयारी गरिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले आगामी जनवरी १० तारिख सम्म भारतसँग डिल सकाउने योजना अनुरुप काम अघि बढीरहेको जानकारी दिए । उनले भने, ‘रेलको सञ्चालन र व्यवस्थापन हामी आफैं गर्छौं, हामीसँग चाहिने ड्राभइभर लगायतका प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौं, हामीले तलब सुविधा दिएर राख्ने हो ।’

यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्ष सम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउट सोर्सिङको अवधारणा बनाएको भएपनि आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने योजना अनुरुप अघि बढाईएको जनाए ।

महानिर्देशक मिश्रले भने, ‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन । पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।’ ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क रेल्वे अधिकारीहरुको भनाई छ ।

‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेसन म्यानेजर देखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन,’ महानिर्देशक मिश्रले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौं । त्यसैले केही वर्ष बाहिरका जनशक्ति ल्याउँछौं ।’

नेपाल रेल्वे विभागको धनुषा कुर्थाबाट महोत्तरीको विजलपुरा सम्म रेलमार्गलाई अगाडी बढाउने योजना छ । रेलमार्गलाई ४ वर्षभत्र बर्दिवासमा पूर्व–पचिश्म रेलमार्गसँग जोडेर निजगढ सम्म लैजाने तयारी गरिएको छ । कुर्था–जनकपुरधाम–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here