तलव माग गर्दै शिक्षक आन्दोलन गर्ने मनसाय

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


डिके सिंह


जनकपुरधाम , २९ फागुन ।

धनुषाको नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाका शिक्षकहरुले तलवको माग गरेका छन ।

गत मंसिरदेखि फाल्गुन महिनासम्म आफुहरुले पाउनुपर्ने रकम अहिलेसम्म स्थानिय तहले निकासा नगरेकाले आफुहरुलाई घरायसी समस्या भएको भन्दै शिक्षकहरु अविलम्व रुपमा शिक्षकको तलव भत्ता उपलब्ध गराउन नगरपालिका र गाउँपालिकालाई अनुरोध गरेका छन । स्थानिय तहबाट शिक्षकहरुले तलव र भत्ता पाउनुपर्ने भएपनि स्थानिय तहको लापरवाहीले गर्दा शिक्षकहरुले समयमै रकम नपाएपछि चित्त दुखाएका छन ।

महिनौसम्म आफुहरुले विद्यालयमा आएर विद्यार्थीहरुलाई पढाई लिखाई गराउँदै आएको भएपनि स्थानिय तहको खातामा रहेको शिक्षकहरुको तलव भने महिनौसम्म निकासा नभएपछि विद्यालयका प्रध्यानाध्यापकहरु दोहोरो मारमा परेका छन । नगराइनस्थित हाँसपटटीको श्री राष्ट्रिय आधारभुत विद्यालयका प्रध्यानाध्यापक अशोक साहले भने आफु प्र.अ.भएको नाताले अन्य सहायक शिक्षकहरुले समेत आफुलाई रकम निकासाको लागि चाँसो नदेखाएको गुनासो गर्दै आएका छन भने आफुले नगरपालिकामा बारम्वार तलव,भत्ताको लागि तकेता गर्दा समेत अहिलेसम्म निकासा नभएको बताएका छन ।

शिक्षकहरुको तलव,भत्ताको माग गर्दै नगराइन नगरपालिकास्तरिय नेपाल शिक्षक संघको पदाधिकारीको बैठकले तलव,भत्ता निकासा गर्न माग गर्दै ७ दिने नगराइन नगरपालिकालाई अल्टिमेटम समेत दिएको अध्यक्ष हरिनारायण मंडलले जानकारी दिएका छन ।

लक्ष्मीनियाँ गाउँपालिकास्थित श्री राष्ट्रिय आधारभुत विद्यालय भंगहाका शिक्षक नवलकिशोर यादवले आफुहरुले ४ महिनादेखिको तलव, भत्ता नपाएको र हिन्दुहरुको महान पर्व होलीको समयमा समेत तलव भत्ता नपाएकाले आफुहरुलाई निकै समस्या भई रहेको बताएका छन । शिक्षक यादवले स्थानिय तहमा आएको तलव,भत्ता निजामति कर्मचारीहरुजस्तै नियमित रुपमा महिनै पिच्छै पाउनुपर्ने माग समेत गरेका छन । शिक्षकहरुलाई महिनौपछि तलव,भत्ता दिदाँ निकै समस्या हुदै आएकाले महिनै पिच्छै निकासा हुने भए राम्रो हुने बताएका छन ।

यता,नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवलाई शिक्षकहरुलाई तलव निकासा किन हुन नसकेको भन्ने सवालमा उनले आफुहरुलाई खाता संचालन गर्न अधिकार दिएको छैन, हाम्रो नगरपालिकामा कार्यकारी अधिकृत महिनौदेखि रहेका छैन । कार्यकारी अधिकृत रामकुमार महतो सरुवा भएपछि अहिले समायोजनको क्रममा सिताराम ढकाल आउने कुरा छ तर अहिलेसम्म कार्यालयमा आउन सकेको छैन । लेखाअधिकृत छ तर खाता संचालनको लागि कार्यकारी र लेखा अधिकृत दुवै जनाको आवश्यकता भएकाले गर्दा प्राविधिक समस्या उत्पन्न भएको छ । आफुले शिक्षकलगायत अन्य कर्मचारीहरुको तलव,भत्ता कसरी होलीको समयमा निकासा गर्न सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताएका छन ।

यता, शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले समेत स्थानिय तहको मातहतमा रहेको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पाउनुपर्ने तलव,भत्ता महिनै पिच्छै निकासा गर्न पहलकदमी लिएको छ । निर्देशनालयले सम्पूर्ण गाउँपालिका र नगरपालिकालाई शिक्षकहरुलाई महिनै पिच्छै तलव,भत्ता निकासा गर्न आग्रह गर्दै सोको जानकारी निर्देशनालयमा पठाउन समेत निर्देशन दिएको निर्देशक शर्माले बताएका छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here