समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

रबिन्द्र यादव

नवलपरासी पश्चिम, १९ माघ।

नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकाको वडा नं.-९ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीमा २१ अौं साविक स्रोतकेन्द्र (प्रतापपुर र सुस्ता गाउपालिका) स्तरीय अाधारभुत खेलकुद प्रतियोगिता २०७५ शुक्रबार सम्पन्न भएको थियो ।

त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा भएको अधारभूत तर्फ भएको प्रतियोगितामा सहिद विष्णु अधारभूत रेवारेता ६३ अंकको साथ प्रथम, महेन्द्र माध्यमिक विद्यालय कुडिया ३० अंको साथ द्वितीय र आदर्श ई. बोर्डिङ २८ अंकको साथ तृतीय भएका थिए ।

त्यसैगरि प्रा.वि. तर्फको प्रतियोगितामा शिवशम्भू प्रा.वि. रेवारेता ५४ अंकको साथ प्रथम, जनता प्रा.वि. घोडहा ४२ अंकको साथ द्वितीय र कोटही देवी प्रा.वि. माधवपुर २६ तृतीय स्थान भएको खेलकूद समितिका सचिव अभिनन्दन सिंहले जनकारी गराएका थिए । स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकुद नाराका साथ साविक स्रोतकेन्द्र बेलाटारीको संयोजकमा र त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीको आयोजनामा गरिइएको थियो ।

प्रतापपुर र सुस्ता गाउपालिका भित्र रहेको खेलमा सहभागि भएका ६० वटा अधारभूत तहका विद्यालयहरु प्रतियोगिताको सहभागिता रहेको थियो । २१औ साविक स्रोतकेन्द्रको खेलकूदको शुभकामना दिने क्रममा यो खेलकूदलाई निरन्तरता दिने र कुनै पनि समस्या पर्न नदिने प्रदेश सभा सदस्य अजय शाही प्रतिबद्धता गर्नु भएका थिए ।

त्रिभुवन मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा शाहीको अध्यक्षता, प्रदेश सभा सदस्य अजय बहादुर शाहीको प्रमुख अतिथ्यतता, प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमख शिक्षा शाषाका दधिराम शर्मा, वडा अध्यक्षहरु कादिर अलि हेवेन्द्र पंजियार, ईश्वरीय चौधरी लगायत विभिन्न विद्यालयका प्र.अ. हरूले शुभकामना मन्तव्य दिनु भएको थिए ।

उद्घाटन भने भुत पुर्व मन्त्री एव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले गरेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here