समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, ३ माघ ।

नकबजनी चोरी मुद्दामा फरार प्रतिबादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत हेटौडाले नकबजनी चोरी मुद्दामा २०५७ कार्तिक २१ गते गरेको फैसाला आदेश अनुसार १८ वर्ष देखि फरार रहेका प्रतिबादीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र २ हजार १ सय ८४ रुपैया जरिवाना लागि फरार रहेका बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ बस्ने ५० बर्षिय कमल महतो कोईरीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।

पक्राउ परेका महतोलाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशले निजलाई ठेकिएको कैद भुक्तानको लागि पर्सा जिल्ला स्थित बीरगञ्ज कारागारमा पठाईएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here