समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विरगन्ज, १८ पुस ।
मकवानपुर क्षेत्रबाट १६० केजी चरेस सहित चरेससहित एउटा ट्रक र चालकलाई पर्सा प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

ठूलो परिणामको प्रतिबन्धित लागूऔषध सहित पर्साको मिलनचोकदेखि परवानीपुरतर्फ जाने सडकखण्डको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ स्थित बेल्वाबाट प्रतिबन्धित चरेस लोड गरी ल्याउँदै गरेको ट्रकसहित चालकलाई पनि पर्सा प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्ने ना४ख २९८५ नम्बरको ट्रकका चालक मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका –१२ पदमपोखरी बस्ने वर्ष २९ को सागर बल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

चरेस गाडीको पछाडिपट्टि फल्स बटम बनाई ल्याउँदै गर्दा पक्राउ गरिएको ढकालले बताए ।
पर्सा प्रहरीबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो प्रतिबन्धित लागूऔषध बोकेको ट्रक बेल्वाबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुखसमेत रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

पछिल्लो समय पर्सा प्रहरीले पक्राउ गरेको यो लागूऔषध चरेस चालू आर्थिक वर्षमा प्रहरीले नियन्त्रलमा लिन लिएको सबैभन्दा ठूलो परिणाम भएको जिल्ला प्रहरी कार्यालय पर्साको दाबी छ ।

गाडीमा फल्स बटम नै बनाई अवैध लागूऔषध ढुवानी गरिरहेको समयमा फेला पर्नुले यो भन्दा पहिले पनि यो गाडीबाट अवैध सामान ढुवानी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

पक्राउ परेको ‘गाडी स्वयं चालककै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उनको भनाइ छ ।

प्रहरीले चरेससहित नियन्त्रणमा लिएको ट्रक र चालकलाई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा नै राखिएको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पछिल्ला वर्षमा पर्सामा लागूऔषध चरेस र गाँजा उत्पादनमा कमी आए पनि डीआईजी कार्यालय अवस्थित मकवानपुर क्षेत्रबाट पर्साको बाटो भएर अवैध गाँजा र चरेस आउने क्रम नरोकिएको कार्यस्थलमा खटेका प्रहरीको भनाइ छ ।

सोमबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको लागूऔषध चरेस पनि मकवानपुरदेखि पर्सा हुँदै सीमा कटाउन लाने क्रममा अभियुक्त बलले ल्याएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here