समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २५ मंसिर ।
सप्ताहव्यापी रुपमा मनाइने राम जानकी विवाहपञ्चमी अन्तर्गत बुधवार हुने बैवाहिक कार्यक्रमको अवसरमा जानकी मन्दिरलाई बेहुलीझै सिँगारिएको छ ।

त्रेतायुगमा मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा मिथिला क्षेत्रमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवा महोत्सको रुपमा मनाउने गर्दछन् ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् । सप्ताह व्यापी रुपमा मनाईने पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ । तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर सम्पन्न भईसकेको छ ।

फोटो/भिडियो : न्यामिक यादव/चन्द्रदेव साह 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here