समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


एसके शर्मा

बंगलादेश(ढाका), २३ फागुन ।

रास्ट्रका लागि खेलकुद स्वस्थयका लागि खेलकुद नाराका साथ तेस्रो नेपलिज प्रिमियर लिग सिजन ३ खुल्ला क्रिकेट प्रतियोगिता आईतवार बंगलादेशको ढाका स्थित शेरे बंगला कृषि विश्वविद्यालयमा सम्पन्न भएको छ ।

नेपलिज स्टुडेन्टस् एसोसिएसन बंगलादेशको आयोजनामा सम्पन्न प्रतियोगितामा बंगलादेशको विभिन्न सरकारी एव निजि कलेजबाट १५ वटा टिमको सहभागीता रहेको थियो । उक्त सहभागी टिम मध्य फाईनलमा होलि बोईट र ईनाम मेडिकल कलेज बीच भएको प्रतिस्पर्धामा होलि बोईटले अपाधि हात पार्न सफल भए ।

प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार सहित ट्रफी पाएका छन् । प्रतियोगिताका म्यान अफ् दि सेरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, सबै भन्दा बढी छकका प्रहार गर्ने ब्याट्सम्यान, अनुशासित टिम र हरेक म्याचका म्यान अफ् दि म्याचलाई समेत पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा उपस्थित प्रतेक अतिथिलाई मायाको चिनो सहित विदाई गरेको थियो ।

विजेता टिमलाई पुरस्कार प्रदान गर्दै नेपाली राजदुतावासका दृतिय सचिव दिल्ली आचार्यले आफ्नो खेल जीवन सम्झिदै मनमा खेलेको अनुभुति सुनाउदै खेलले स्वस्थ, अनुशासित र कर्मशील नागरिक उत्पादन गर्छ, उनले भने, स्वस्थ नागरिकले मात्रै स्वस्थ मुलुक निर्माण गर्न सक्छ । त्यसैले खेलकुदको विखासमा हरेक व्यक्तिले योगदान दिने तपÞर्m बढौ भन्दै आयोजक टिम र खेलाडीहरुको समेत प्रोत्शाहन गरेका थिए ।

यस्तै कार्यक्रमको अतिथिमा पाल्नु भएका शेरे बंगला कृषि विश्वविद्यालयमा माननिय उपकुलपति प्रा. डा. मो. कमल उदिन अहमेद, सह(उपकुलपति प्रा. डा. मो. सिकन्दर अलि र विभिन्न संकायका प्राध्यापकहरुको समेत सहभागीताहरुले समेत आ(आफ्ना मन्तव्य राखेका थिए ।

आयोजकको तपÞर्mबाट संगठनका सयोजक रामनरेश सिंहले आफ्नो मन्तव्य राख्दै भने ’खेल व्यवसायिक रुपमा पनि फस्टाउदो छ खेल जीवन निकै अघि बढी सक्यो । उनले भने ञआफुहरु खेलको मामलामा नेपालीलाई बंगलादेशमा समेत प्रोत्साहन गरि निकै उत्साहका साथ खेल सम्पन्न गरेका छौ र आगामी दिनमा समेत यसतपÞर्m सक्रिय रहने छुु ।

प्रतियोगिता पोपुलर स्टार ग्रुप कन्सल्टेन्सि नेपालद्वारा प्रायोजित गरिएको थियो भने सी एन एन मिडिया प्रा. लिले को प्रायोजित गरेको थियो । हरेक टिमले प्रतियोगितामा सहभागी हुन करिव दश हजारका दरले प्रवेश शुल्क बुझाएको आयोजक टिमका सदस्य विरेन्द्र साहले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here