समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । महोत्तरी जिल्लाको बर्दिवासस्थित नव क्षितिज कलेजमा अध्ययन विद्यार्थीहरुले बारा, पर्साका हावाहुरी पिडितहरुका लागि राहत दिने भएका छन ।

नव क्षितिज कलेज सामाजिक कार्य युवा संजाल नामक समुह गठन गर्दै विद्यार्थीहरुले विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रका पिडितलाइ सहयोगका निम्ति राहत संकलन गर्दै आएको संजालका अध्यक्ष पुजा साहले जानकारी दिएकी छिन । संजालकी अध्यक्ष साहका अनुसार बारा र पर्सा जिल्लाका हावाहुरी पिडितहरुको दुःखमा साथ र सहयोगका लागि आफनो खाजा खर्चबाट समेत सहयोग गरेका छौै ।

अहिले हामीहरुले राहत संकलन गर्नका लागि महोत्तरीको बर्दिवास, गौशला र धनुषाको क्षीरेश्वरनाथ नगरपालिकको महेन्द्रनगरमा राहत संकलन गरि रहेको बताएका छन ।

नव क्षितिज कलेजका विद्यार्थीहरुले विनाशकारी हावाहुरी पिडित हुने क्रममा निकै विद्यार्थी र अभिभावकहरु हावाहुरीको चपेटामा परेकाले गर्दा आफुहरुले समेत मानव सेवा नै धर्म हो भन्दै राहत संकलन कार्यमा जुटेको संजालका सचिव सविन भटटाईले जानकारी दिएका छन ।

राहतको लागि लत्ता,कपडा, चामल, नुन लगायको सामाग्री लिएर शनिवार बारामा जाने विद्यार्थीहरुले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here