समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला तहको नेतृत्वमा थप विवाद हुने संकेत देखिएको छ ।
पूर्वविद्यार्थी नेता तथा माओवादीको काठमाण्डु जिल्ला अध्यक्ष समेत रहेका हिमाल शर्मा सचिवमा घटुवा हुने भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो सचिव पद अर्कैलाई दिने संकेत गरेका छन् । शर्मा हाल नेकपाका केन्द्रीय समिति सदस्य समेत हुन् ।

शर्माले नाम घोषणा हुनु भन्दा केही घण्टा अगाडी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफु उक्त जिम्मेवारीमा नरहने संकेत गरेका हुन् । यद्यपी उनले आफ्नो उक्त कुरालाइ असन्तुष्टिको रुपमा नबुझ्न समेत आग्रह गरेका छन् । जनयुद्धमा निकै कठिन यातना भोगेका शर्मा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत हुन् ।

जिल्ला एकता प्रकृयामा मापदण्डले तोकेको र पाएको आफ्नो पद खुशी साथ छोडेर अर्को कमरेडलाई अवसर दिन्छु भन्ने कुरा पार्टीको निर्णय विपरित हुदैन जस्तो लाग्छ !#ktmकुपया यसलाई असव्तुष्टी भनेर नबुझौ !

Gepostet von Himal Sharma am Sonntag, 21. April 2019

तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाउने जिल्लामा साविककै अध्यक्ष रहने र तत्कालीन एमालेका जिल्ला अध्यक्ष पाउनेमा साबिक अध्यक्ष सचिवको जिम्मेवारीमा रहनुपर्ने भएपछि केही जिल्लामा मर्यादाक्रम विवाद निम्तिने खतरा बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here