समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं, ८ बैसाख । आज (आइतबार) देशका अधिकांश भू–भाग हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् ।

पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ ।

आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here