समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । बाराका हावाहुरी पीडित परिवारलाई जीवन बीमा कम्पनी यूनियन लाईफ ईन्स्योन्सले राहत वितरण गरेको छ । यूनियन लाईफ ईन्स्योन्स कम्पनीको टोलीले विहिबार बारा पुगेर हावाहुरी पीडितलाई राहत वितरण गरेको हो ।

यूनियन लाईफ ईन्स्योन्स कम्पनीले खाद्यान्न तथा लत्ता कपडा लगायतको सामाग्री वितरण गरेको जनकपुरका शाखा प्रमुख संजीव साहले जनाए । बाराको प्रसौनी गाउँपालिका, फेटा गाउँपालिकाको घरदैलोमा पुगी पीडितलाई राहत वितरण गरिएको हो ।

लाइफले हावाहुरी पीडित २ सय घर परिवारलाइ लत्ताकपडा तथा खाद्यान्न सामग्री बितरण गरिएको युनियन लाइफ इन्स्योरेन्सका प्रदेश २ का क्षेत्रीय प्रमुख ऋषि भक्त ढकालले जनाए ।

बितरण कार्यक्रममा इन्स्योरेन्सका प्रदेश २ का नायब प्रबन्धक जितेशलाल कर्ण, शाखा प्रमुख जेपी कुमार सहितको टोलीको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here