समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाका शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बबरीया यादब सहितको नगरपालिकाको टोलीले बाराको हावाहुरी पिडितलाई राहत वितरण गरेका छन ।

उनीहरुले बारा जिल्लाको हावाहुरी प्रभावीत क्षेत्र मध्यको कलैया उपमहानगरपालिका स्थित वडा नम्बर ११ फुलबारीमा राहत बितरण गरेको हो । बाराको हावाहुरी प्रभावीत क्षेत्रमा राहत बितरण भैसकेको तथा हुने क्रम जारी रहेपनी बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको फुलबारी टोलमा हावाहुरीले निकै ठुलो क्षती गरेको तथा टेन्ट लगाएतका सामाग्री लिएर अन्य राहतकर्मिहरुले सहयोग गरेपनी भान्छाको लागि अत्याबश्यक सामाग्रीको खाँचोलाई मध्यनजर गर्दै ५० परीवारलाई राहत सामाग्री बितरण गरीएको हो ।

शहिदनगर नगरपालिकाका निबर्तमान प्रमुख प्रशासकिय अधिकृत नन्द कुमार झाका अनुसार १६ सेट भाँडाकुँडा शाहीतको सेट सहितको सामाग्री बितरण गरीएको जनाए । प्रत्येक पीडितलाई भान्साको सामाग्रीको कुनै कमी नहोस भन्ने उदेश्यले त्य्हाँको आवश्यकता बमोजिम नै राहत सामाग्री बितरण गरीएको बताए । कार्यपालिकाबाट राहत सामाग्री बितरण गर्ने निर्णय गरीए बमोजिम नै सोमबार बाराको स्थानिय तहकै रोहावरमा उक्त सामाग्री बितरण गरीएको हो ।

१६ सेट भाँडा बर्तन सँगै प्रत्येक परीवारलाई ३ सेट झुल, फ्रुटी, पानी र चाउचाउ समेत बितरण गरीएको थियो सो राहत सामाग्री हस्तान्तरणको क्रममा पिडीतहरुले आफुहरुको पिंडा बुझेर सहायता गरेको भन्दै राहत टिमको प्रंशसा समेत गरेक थिए । सो क्रममा मेयर बबरीयाले आफु स्थान र समस्याको पहिचान गरेर मात्र राहतको कदम अगाडी बढाइएको बताउँदै वास्तबिक पीडित समक्ष राहत बितरण गरेको जनाए । राहत बितरणमा कलैया उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षले सक्रीय र नेत्रित्वदायी भूमिका खेलेका थिए । स्थानिय प्रहरीको समेत सहभागीर्ता सुरक्षा सहयोगमा राहत बितरण गरीएको थियो ।

राहत बितरण कार्यक्रममा नगरकी उपप्रमुख शिला देवी कापर, निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्द कुमार झा, निवर्तमान प्रशासकिय अधिकृत राम किशोर महतो, सुब्बा बिन्देश्वोर यादब, लेखापाल लोक बहादुर नेपाली इन्जिनियर संजय यादब, कम्प्युटर अपरेटर बिष्णु यादब, वडा सचिव सुदीप कुमार यादब, वडा अध्यक्षहरुमा वडा नम्बर १ का तेजिलाल यादब सहितका सहयोगी सदस्यहरुले समेत महत्वपूर्ण सहयोग निर्वहा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here