समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जिल्ला युवा संजालले बारा र पर्साका हावाहुरी पिडितको लागि संकलन गरेको रकम मुख्य मन्त्री राहत कोषमा जम्मा गरेका छन् ।


विनाशकारी हवाहुरीबाट जनधनको क्षति हुँदा क्षतिपूर्ति, उपचार र तत्काल राहत उपलब्ध गराउने उदेश्यले युवाहरु फुर्सदको समयमा जनकपुरधामको बिभिन्न पसलहरुमा गएर पिडितको लागी संकलन गरेको राहत बैंकमा जम्मा गरिदिएका छन् ।

उनीहरुले प्रदेश नं २ सरकार मुख्यमन्त्रीको राहत कोषको खाता नम्बर १२२०५०३०००००० राष्ट्रिय बाणिज्य बैंक लिमिटेड जनकपुरको शाखामा ९१ हजार ४ सय १९ रुपैया जम्मा गरेका छन् । रुपैया जम्मा गरेको भौचर हावाहुरी पिडितको लागि गठन गरिएको राहत तथा उद्धार ब्यबस्थापन उच्चस्तरीय समितिको संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई जिम्मा लगाई जानकारी गराएका छन् ।

हावाहुरी पिडितको लागि चोह जतिको खाद्यान्न लगायतको राहत पुगिसकेको र आफुहरु समेत सोही सामग्रीहरु लिएर जाँदा बिना कामको पैसा खर्च हुने भएपछि सो रकम पिडितहरुको लागि बैंकमा जम्मा गरिदिएको संजालको महासचिव कुलदिप साहले बताए । उनले सो रकम पिडितलाई सरकारले बनाईदिने भौतिक संरचना बनाउने कार्यमा सहयोग हुने भन्दै जम्मा गरिदिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here