समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’ का कारण दर्शकको मनमा बसेका कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् ।

लामो समयदेखि पर्दाभन्दा बाहिर रहेका कपिल शर्मा आफ्नो विवाहका कारण फेरि एकपटक चर्चामा आएका छन् ।गिन्नी चतरथ को खास नाम भवनीत चतरथ हो तर उनलाई गिन्नी भनेर चिनिन्छ । जालन्धरको सिख परिवारकी गिन्नी र कपिल शर्माको पहिलो भेट २००५ मा भएको थियो । त्यती बेला कपिल २४ र गिन्नी १९ वर्षकी थिइन् ।

एक पत्रिकामा दिएको अन्तर्वार्तामा कपिलले भनेका थिए कि उनी खर्च जुटाउन थिएटरको निर्देशन गर्थे । यसका लागि उनी अलग(अलग कलेज गएर अडिशन लिने गर्थे ।यही अडिशनका क्रममा कपिल शर्माको भेट गिन्नीसँग भएको थियो ।

गिन्नीको कामबाट आफू प्रभावित भएको कपिलले बताएका थिए ।त्यो बेला गिन्नी रिहर्सलका क्रममा कपिलका लागि घरबाट खाना ल्याएर आउने गर्थिन् ।अभिनेत्री बन्ने सपना देखेकी गिन्नी चतरथले २००९ मा स्टारवनको स्टैण्ड अप कमेडी कार्यक्रमका क्रममा ‘हँस बलिए’ मा भाग लिएकी थिइन् जसको हिस्सा कपिल शर्मा पनि थिए ।

उक्त शो पछि गिन्नीलाई पन्जाबी फिल्म र टेलिभिजनमा अफर आयो तर उनले अभिनयभन्दा टाढा रहने फैसला गरिन् ।फाइनान्समा एमबीए गरेकी गिन्नीले बुवाको व्यवसायलाई अगाडि बढाउने निर्णय गरिन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here