समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


दीपेन्द्रकुमार सिंह

जनकपुरधाम, २८ मंसिर ।

धनुषाको हंसपुरमा नगरपालिकाको भतहिमा शुक्रबारदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

हंसपुरमा नगरपालिकाका मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झाले फुटबल प्रतियोगिताको उदघाट्न गर्दै युवाहरुमा आएको बिकृती रोक्न खेलकुदमा जोड दिनु पर्ने बताएका छन । खेलकुदमा युवाहरूलाई प्रोत्साहन गर्न सकेमा स्वास्थ्यको साथै जागरुक समेत हुमे भएकाले युवाहरुको सामुहिकपना झल्काउने फुटबल खेलको लागि नगरको तर्फबाट सहयोग गर्ने मेयर मण्डलले बताए ।

डिहवार युवा क्लब भतहिको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका २० टिमको सहभागीता रहने आयोजक क्लवका अध्यक्ष सुशील मण्डलले जानकारी दिएका छन ।

१२ दिन सम्म खेलिने यस प्रतियोगितामा प्रथम हुने टिमलाइ २७ हजार एक सय एकाव्बन रुपैया र शिल्ड प्रदान गरिनेछ भने उपबिजेता टिमलाइ १५ हजार एक सय एकाब्बन रुपैयाँ र शिल्डले सम्मान गरिने आयोजकले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here