समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । पोषणको अवस्था तथा स्थानिय सरकारको भमिका सम्बन्धि नगरस्तरिय अभिमुखिकरण सहिदनगर नगरपालिकामा समपन्न भएको छ ।

पोषण के हो र यसले हाम्रो शरिरमा गर्ने असरहरू के के हुन भन्ने विषय सहित प्रदेश २ लाई पोषण बनाउन के गर्नु पर्छ भन्ने विषयमा सहिदनगर नगरपालिकाको मेयर उदय बरबरियाको प्रमुख आतिथ्यमा अभिमुखिकरण गरिएको छ ।

उक्त कार्यक्रममा मेयर उदय बरबरियाले स्वास्थ्यको मामिलामा हामीले कहिले नचुक्नुको साथै पोषण मुक्त नगरपालिका बनाउन आफु पुर्ण रूपेन अग्रशर रहेको र सम्पुर्ण वडा अध्यक्षहरूलाई स्वास्थ्य सम्बन्धि विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

यसअघि यस्ता कार्यक्रम योजना तहत नभएकोले आफुहरू चुकेको र अब यस कार्यक्रमलाई कार्यक्रममै सिमित नराखि कसरी कार्यनयनमा ल्याउने भन्ने विषयमा जोड दिनुकै साथै आफुहरू यस्ता काम गर्न पुर्णरूपेन शक्षम रहेको समेत बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश २का स्वास्थ्य संयोजक बिजय झा ले कुपोषण बाट प्रदेश २मा नै सब भन्दा धेरै प्रभावित रहेकोले स्थानिय सरकारको लागि यो विषय अत्यन्तै चुनौति पुर्ण रहेको बताएका थिए । उन्ले प्रदेश २का १०० मा ३६ जनामा चाँहिदो अनुसारको उचाई नरहेको र यिनिहरू सम्पुर्ण कुपोषण को सिकार रहेको बताएका थिए ।

उक्त कार्यक्रममा सहिदनगर नगरपालिका का सम्पुर्ण वाडा अध्यक्ष ,वाडा सचिव ,नगरपालिकाका उपप्रमुख, स्वास्थ्य स्वेमसेविका लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here