समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ६ माघ । बिधुत प्राधिकरणको लापरबाहीको कारण मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै स्थानीयले आइतबार कार्यालय धेराउ गरेका छन् । तीनदिन देखि विजुलीको तार सट भइरहेकाे थियाे तर प्राधिकरणका कर्मचारीले त्यसलाई बेवास्ता गरेका कारण घटना घटेको स्थानीय ब्रम्हदेव यादवले बताए । यादवका अनुसार पटक-पटक विजुलीको तार सट भएको सूचना दिँदा पनि प्रधिकरणले त्यसतर्फ चासो नदिँदा याे घटना घटेको हाे ।

स्थानीय दिनेशकुमार महतोका अनुसार लापर्वाही गर्ने कर्मचारीलाई कारवाही, घटनाको उचित क्षतिपूर्ति, मृतककी श्रीमतीलाई रोजगारी, बच्चालाई निशुल्क पढाई र बिग्रिएको तारको मर्मत लगायतका माग पीडित पक्षले राखेका छन्। धनुषाको मिथिला विहारी नगरपालिकाका-३ का २८ वर्षीय प्रमेश्वर मण्डल शनिबार मोटरसाइकलमा खेततिर गइरदा धुलाम्य सडकमा चिप्लिएर नजिकैको बिजुलीको पोलमा नजिक पुगदा घाइते भएका प्रमेश्वर मण्डललाई ११ हजार भोल्टेजको करेन्ट लागेको थियो। उनलाई बचाउन गएका सिरहाको विष्णपुरा गाउँपालिका-४ का करिब ३२ वर्षीय जगरनाथ साहलाई पनि करेन्ट लागेको थियो। उनीहरु दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here