समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राम नारायण पंडित,

सिरहा, ०१ फाल्गुन ।

सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदाँ मिर्चैया नगरपालिका २ बस्ने २७ बर्षीय विरेन्द्र साहको मृत्यु भएको छ ।


पुर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको ना.३ स ३४२० नम्बरको टेम्पु एकआपसमा ठोक्किदाँ टेम्पुमा सबार साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिए ।
दुर्घटनामा परी घाईते भएका सोही स्थानका २५ बर्षीय मुकुनदेब साहको स्थानिय स्थानिय स्तरमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक खनालले बताए ।

ठक्कर दिई फरार रहेको बसलाई खोजीतलाश गरी तत्कालै नियन्त्रणमा लिएको उनले बताए । बस र टेम्पो चालक सहित प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको छ । घटनाको सम्वन्धमा अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here