समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २५ माघ ।

उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ ।

वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको भेटिएको हो । उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले आज गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुलेको छ ।

वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक मिलान नभएपछि राजश्य छली हुने गरेको देखिएको छ । पछिल्लो समय माघ १५ गते कार्यालयले एक सेवाग्राहीबाट घरबाटो प्रमाणितवापत् एक हजार १० रुपैयाँ लिएको थियो । तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएको थियो ।

यही प्रमाणका आधारमा उपमेयर झा, निमित्त प्रशासकीय अधिकृत प्रदीप साहसहितको टोली आज वडा कार्यालय पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको खुलासा भएको छ । एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि २७ वटा रसिद मात्र काटेको पाइएको छ । प्रशासकीय अधिकृत साहले गरेको सोधपुछमा वडा कार्यालयका सचिव गौरीशंकर साहले त्रुटि भएको स्वीकार गरेका छन् ।

यता, वडा कार्यालयका अध्यक्ष रामचन्द्र साहले आफूले सचिवमाथि विश्वास गरेर हस्ताक्षर गरेको भन्दै यसमा आफ्नो संलग्नता नरहेको बताउनुभयो ।

उहाँले यो कार्यमा सचिव साहले त्रुटि गरेको बताउनुभयो कागजपत्र चेकजाँचपछि उपमेयर मिश्रले वडा सचिवलाई सोमबारसम्ममा सबै कागजपत्र लिएर उपस्थित हुन निर्देशन दिनुभएको छ ।

यसैबीच, वडा कार्यालयका सदस्यहरूले यो घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरूले उपमहानगरपालिकाले कारबाही नगरे अख्तियारमा निवेदन दिने चेतावनीसमेत दिएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here