समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रामनारायण पण्डित
लहान, १३ पुस ।

सिरहाको दक्षिणी भेगका ग्राहकहरुलाई बिधुत महसुल बुझाउन सहज होस भन्ने उद्देश्यले जिल्लाको सुखीपुर नगरपालिकामा बिधुत महसुल काउण्टर सञ्चालन गरिएको छ ।

सुखीपुर आसपासको ग्राहकहरुको सहजताका लागि बिधुत महसुल कम्प्युटर बिलिङ्ग संकलन शाखा कार्यालय स्थापना गरिएको हो ।

शाखा कार्यालयको एक कार्यक्रमका बीच नेपाल बिधुत प्राधिकरण बितरण तथा ग्राहक सेवा निर्देशनालय जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख ओमप्रकाश महतोले उद्घाटन गरे । उक्त काउण्टरबाट हप्तामा २ दिन अनलाईन मार्फत कम्प्युटर बिलिङ्ग गरिने नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानकारी दिएका छन् ।

सुखीपुरमा निकट भबिष्यमै बिद्युत प्राधिकरणको सबस्टेशन स्थापना गरिने लक्ष्य रहेकोले त्यसको तयारी स्वरुप नै महसुल काउण्ट स्थापना गरिएको प्रमुख यादवको कथन छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here