समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


लहान, २७ पुस ।
सिरहामा हुकिङ गरी बिधुत चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई बिधुत प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

बिधुत प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको बिधुत चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

बिधुत चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी बिधुत चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको बिधुत प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताउनुभयो । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत रु ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करीब रु ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here