समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा अर्की महिलालाई जलाइएको छ ।बिहीवार सिरहा नगरापालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइएको हो । 

घरायसी विवादका कारण कञ्चन जिउँदै जलाउने मनसायले आगो लगाइएको प्रहरीको भनाइ छ ।  

प्रहरीका अनुसार कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, उनको पति भने फरार रहेको र खोजी कार्य जारी रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए । 

आगोले कञ्चनको ८० प्रतिशत शरीर जलेको छ  भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ । 

कञ्चनलाई उपचारको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएका थिए । तर, अवस्था गम्भिर भएको कारण उनलाई काठमाडौं रिफर गरिएको छ । 

शरीरको अधिकांश भाग जलेको कारण त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई काठमाडौं रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here