समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा, २३ मंसिर ।
सिरहामा बम विस्फोट भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो ।
सिमाबर्ती क्षेत्र ठाडीमा आइतबार विहानै भएको बम विस्फोटमा परी २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षका ओम प्रकाश यादव रहेका छन् ।
उनीहरुको भारतस्थित लौकाहामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको बताइएको छ ।
गाउँ नजिकै सिमाबर्ती बलान खोलामा विहान शौच गर्न गएका बेला लावारिस अवस्थामा राखिएको झोलालाई खोलेर हेर्न खोज्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले बताएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here