समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रामनाराण पण्डित

सिरहा, २८ मंसिर ।

सिरहाको सुखीपुर नगरपालिकामा एक महिना भित्र दुईवटा सामूहिक बलात्कारका घटना भएको छ ।

सुखीपुर नगरपालिका वडा नं. ६ खरहीटोलमा बुधबार बेलुकी एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् ।बुधबार बेलुका घरबारीमा पिसाव फेर्न निस्केकी १२ वर्षीया एक बालिकालाई दुईजना युवाहरुले मुख थुनेर नजीकैको खेतमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । छोरी निकैबेरसम्म नआएपछि खोज तलास गर्दा खेतमा भेटिएको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

छोरी चिच्याएपछि बलात्कारमा संलग्न दुवैजना भागेको अभिभावकको भनाई रहेको प्रहरीले जनाएको छ । घटनामा संलगन दुवैजना युवाहरु गाउँकै भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै आरोपितहरुको नाम सार्वजनिक गर्न नसकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताए ।

पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय सिरहामा स्वास्थ्य परीक्षण भएको प्रहरीले बताए । प्रहरीका अनुसार फरार दुवै युवकहरुको खाजी भईरहेको छ ।

यसअघि सुखीपुर नपा वडा नं. २ छजनामा कात्तिक २७ गते राती घरमै सुतिरहेको एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । गाउँमा छठ पर्वको अवसरमा भएको नाटकको होहल्लाको विच महिलालाई कुटपीट गरी चार जना युवाहरुले बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएपनि दुई जना अझै फरार छन् । घटनामा संलगन स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षिय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न मध्ये समशुल मिया, इसराफूल मियाँ क्राउ परेका हुन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here