समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वाडा नम्बर ३सिनुरजोडाका अति विपन्न सादा परिवारलाई लत्ता कपडा, खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ ।

सिनुरजोडाको पश्चिमवारी टोलाका ४४ घरपरिवारमध्ये अति विपन्न परिवार अघनु सादा र सुभदर सादाका परिवारलाई पत्रकार दिपेन्द्र सिंह र शिक्षा अभियन्ता समाजसेवी राधा कोइरालाको पहलमा पाकिस्तानका नागरिक हाल अमेरिकामा बसोवास गर्दै आएका डा. अरिफ मोहम्मदको आर्थिक सहयोगमा लत्ताकपडा र खाद्यान्न सामाग्री प्रदान गरिएको हो । शनिवार सिनुरजोडास्थित सादाको घरमै पुगेर लक्ष्मीनियाँ गाउँपालिकाका वाडा सदस्य लक्ष्मीनियाँ देवी सादाको हातबाट सो सामाग्री प्रदान गरिएको हो ।

सादा परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र सानो झुपडी भित्र ५ जनाको परिवार १० वर्षदेखि जीवनयापन गरि रहेको भनि सामाजिक संजाल र विभिन्न संचार माध्यममा सामाचार प्रकाशित र प्रसारित भएपछि उनको घरमा विभिन्न संघ, संस्थाहरुले सहयोग गर्ने क्रममा पाकिस्तानी नागरिक डा.अरिफ मोहम्मदले संचालन गरेको रेस्पोन्स यु. एस. ए.संस्थाद्धारा पठाइएको २० हजार नेपाली रुपैया बरावरको २ थान दसना, तन्ना, ३ थान सिरहानी, ३ थान साडी सेटलगायत परिवारका ५जनाको लागि गंजी, पैन्ट,जिन्स पाइन्ट,भेष्ट, ३०किलो चामल, ५किलो दाल, ५किलो चिनी, ५ किलो प्याज, ५ किलो चना, ५ किलो तोरीको मशाल तेल, ५ किलो नुन, ५ किलो च्युरालगायतको मशाला सामाग्रीहरु र उनको परिवारका नवजात बच्चाका लागि ब्लान्केट, कपडा, झुललगायतको सामाग्रीहरु प्रदान गरिएको पत्रकार दिपेन्द्र सिंहले जानकारी दिएका छन ।

अति विपन्न परिवारका सुभदर सादाले ११ दिन पहिले एक छोरीको जन्म दिएको छ । पौष्टिक आहार खान नपाएर शरिरमा कमजोरी भएको गुनासो गरेपछि सामाजिक संजालमा पत्रकार सिंहले गरेको पोष्ट र सहयोगको लागि गरिएको अपिलपछि सादा परिवारमा यस अघि नै केही संघ,संस्थाहरुले सहयोग गरि सकेको छ । उनको बस्ने घरको निकै समस्या देखिएको र पारिवारिक अवस्था निकै कमजोर भएकाले उनलाई अझै सहयोगको आवश्यकता रहेको सामाजिक अभियन्ता राधा कोइरालाको भनाई रहेको छ ।

यस अघि सादाको घरमै पुगेर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले साहुले क्रटण बन्धकीको क्रममा राखेको नागरिकता फिर्ता गराउँदै रेडक्रसको सहयोगमा त्रिपाल, बाल्टिन, खाद्यान्न सामाग्री समेत प्रदान गरेका थिए भने क्लोथ बैंक जनकपुरले समेत परिवारका लागि कपडा प्रदान गरेका छन । अघनु सादाकी ६७ वर्षीय आमा सिवर्ती देवी सादा आँखामा मोतियाविन्दु लागेर हृष्टिविहिन अवस्थामा रहेको छ भने अघनु सादाको समेत मानसिक अवस्था ठिक रहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here