समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिके राउतले कार्यकर्तालाई भने- बैठकमा नागरिकता ल्याएरमात्र आउनु

जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ३ चैत ।

सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको हो । 

बैठकमा सहभागी हुनेले अनिवार्य नागरिकता साथमा लिएर जानु पर्ने भएको छ।

‘सहभागी साथीहरूलाई अनुरोध छ, कृपया आफ्नो नागरिकताको प्रमाणपत्र साथमा लिएर आउनुहोला,’ राउतले फेसबुकमा पोस्ट गरेको सूचनामा उल्लेख छ।

हिन्दीमा सूचना पोस्ट गरेर राउतले भनेका छन्, ‘यो बैठक आकस्मिक रूपमा राखिएकोले जिल्लाका सीमित सदस्यमात्रै बोलाइएको छ। केही साथीहरू छुट्नु भए दु:ख नमान्नुहोला। 

मूलधारमा आएपछि गठबन्धनको अगामी रणनीति कस्तो हुने, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, स्वतन्त्र मधेशको एजेण्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् । कतिपय कार्यकर्ताले त धोका भएको भन्दै यो कुरा सिके राउत समक्ष राखिसकेका छन् । 

गठबन्धनले राममनोहर यादवलाई सहिद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् । यी सबै विषयमा सिके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दावी छ । 

बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र छिर्न दिइएको छ । 

बैठकमा उपत्यका सहिद २३ जिल्लाका कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । बैठक भोलिसम्म चल्नेछ । बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शन सहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ । 

सरकारले गठबन्धनसँग फागुन २२ गते ११ बुँदे सम्झौता गरेको थियो । सो सम्झौतापछि गठबन्धनका संयोजक राउत फागुन २६ गते जनकपुर पुगेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here