समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १७ माघ ।

देश तिन तहमा गईसक्दा पनि नेपालमा एक मात्र महालेखापरीक्षक हुने व्यवस्था रहेको भन्दै काम गर्न कठिनाई भएको हुँदा अब सबै प्रदेशमै महालेखापरीक्षकको कार्यालयहरु सँचालनमा ल्याईने महालेखापरीक्षक टंकमणि शर्माले बताएका छन् ।

प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँगको भेटार्तामा उनले यस्तो बताएका छन् । महालेखापरीक्षकको टोली अहिले देशको ३ तिनै तहको अनुगनको क्रममा छन् । अनुगमनकै क्रममा बिहिबार बिहान महालेखापरिक्षक र प्रदेश प्रमुखबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा लेखापरीक्षणको कामलाई कसरी प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा एक आपसमा छलफल भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन ।

भेटवार्ताका क्रममा सवैँधानिक निकायबाट भएको अनुगमण अत्यन्तै सराहनीय रहेको प्रदेश प्रमुखको भनाई थियो । सो भेटमा महालेखापरीक्षक शर्माले आफु सँघ, प्रदेश र स्थानिय तहसँग आवश्यक छलफलका लागि सात वटै प्रदेशको भ्रमणमा निस्केको बताएका छन ।

महालेखापरीक्षक शर्माले अहिले प्रदेश नं. १ र २ मा ३ वटा टोलीद्धारा अनुगमनको कार्य भईरहेको र यसबर्ष ६ हजार कार्यालयको लेखापरीक्षण गर्नुपर्ने बताएका छन । एउटा जिल्लामा लेखापरीक्षण गर्न सामान्यता ४५ दिन लाग्ने उनको भनाई थियो ।

साथै उनले प्रदेश भित्रका लेखाको प्रतिवेदन बनाई माननिय प्रदेश प्रमुखलाई बुझाउने, त्यसपछि मुख्यमन्त्री हुँदै प्रदेश सभामा प्रस्तुत गरिने योजना ल्याउन लागेको बताएका छन ।

भेटका क्रममा उनले स्थानिय तहमा बढी समस्या देखिएको बताएका थिए । उनले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग भेटघाट गरेका छन भने प्रदेशका सभामुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here