समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, १० पुस।
विभिन्न चारवटा देश सम्मिलित दोस्रो साउथ एसिया क्योकोशिन कराँते च्याम्पियनसिपमा प्रथम पद्क हासिल गर्न सफल भएका नेपाली खेलाडी निर्मल केसी सहित १० खेलाडीलाई प्रदेश सरकारको समाजिक विकास मन्त्री नवल किशोर साहले सम्मान गरेका छन् ।
मंगलबार आयोजित एक समारोहका बीच प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र प्रदेश सांसद सुरिता साहले सम्मान गरेका हुन् । भारतको वेस्ट बङ्गालमा भएको क्योकोशिन कराँतेमा १६ पद्क मध्ये १० पद्कमा कब्जा गर्न सफल भएकोमा नेपाली खेलाडीहरुलाई सम्मान गरिएको हो ।
सम्मान समारोहमा सामाजिक विकास मन्त्री साहले आफ्नो देशका झण्डा अरु देशमा फहराउने र देशको नाम उच्च गरिमाका साथ कायम राख्ने खेलकूद नै भएकोले यसले देशको सम्मानमा बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले १६ मध्ये १० पद्कमा कब्जा गर्नु प्रदेश र देशको लागि गौरवको विषय रहेको बताउँदै यस्ता खेल र खेलाडी प्रति उच्च सम्मान प्रकट गरे ।
मन्त्री साहले खेलाडीको जीवनयापनका लागि प्रदेश सरकारले प्रत्येक सामुदायिक विद्यालयमा खेलकुद प्रशिक्षकको रुपमा नियुक्ति गर्न लागेको जानकारी दिदै खेलकूद तथा महिला आत्मरक्षा तालिमका लागि कराँते प्रशिक्षकहरुलाई खटाईने बताए । उनले नेपालको नाम देश तथा विदेशमा फैलाउने एउटा सशक्त माध्यम खेल भएकोले यसप्रति सबै जागरुक एवं ईमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले देशको नाम विश्वसामु चिनाउने खेलकुद नै एउटा मजबुत माध्यम भएको बताए । उनले खेलकुदको विकासले देशलाई नै स्वस्थ्य र समृद्ध बनाउने भएकोले प्रदेश सरकारले खेलकूदको विकासमा लागेको बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here