समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । पूर्व सभासद् गायत्री शाहले जन्माएको बच्चा अस्पतालमै छोडेर हिँडेकी छन् । पूर्व सभासद शाहले ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा बच्चा जन्माएर छोडेकी हुन् । शाहले फागुन २८ गते अस्पतालमै छोरो जन्माएकी थिइन् । शिशु सुस्त मनस्थितिको जन्मेको भन्दै अस्पतालमै छोडेर भागेकी हुन् ।

शाहले बच्चा अस्पालले आजीवन पाल्नु पर्ने दबाब दिएकी छन् । गर्भावस्थामै बच्चा सुस्त मनस्थितिको भएको जानकारी नदिएको भन्दै उनले अस्पताललाई दोष दिएकी छन् । शाहले अस्पतालसँग आर्थिक क्षतिपूर्ति माग्न प्रेस विज्ञप्ती जारी गर्ने र धर्ना दिने गर्न थालेकी छन् ।

नेपाल मेडिसिटी अस्पतालले गर्भावस्थामा शिशु सुस्तमनस्थिति रहे नरहेको थाहा पाउन कठिन हुने र थाहा भए पनि पूर्व जानकारी दिनु गैरकानुनी हुने बताएको छ । अस्पतालले शिशुलाई एनआइसियुमा राखेर अझै जीवित राखेको छ । शिशु स्वस्थ रहेको र डिस्चार्ज गर्ने बेला भएको अस्पतालले जनाएको छ । शिशुको अधिकार हनन् भइरहेको तर्फ अस्पतालले ध्यानाकर्षण गराएको छ ।

शाह जनता दलको पूर्व सभासद् हुन् । उनी जनता दलबाट समानुपातिक सभासद थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here