समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सहिद कप टी–२० क्रिकेटमा आयोजक टोली जनकपुरले कब्जा जमाएको छ।

जनकपुरको रंग भूमि क्रिकेट मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा ओएसीस क्रिकेट एकेडेमी काठमाडौंलाई ५६ रनले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको जनकपुरले पूरै २० ओभर खेल्दै १३१ रन बनाएको थियो। जनकपुरका लागि सुधीर चौंधरीले सर्वाधिक ७० रनको योगदान दिए। उनी खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

जवाफमा १३२ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको काठमाडौं १८ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएपछि जनकपुर ५६ रनले विजयी भयो।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here