समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । जनकपुरधाम स्थित रंगभ’मि मैदान बाह्रबिघामा सोमबार देखि सुरु भएको सहिद कप टि–२० प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल सम्पन्न भएको छ ।

रंगभूमि मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौंको ओसीयस क्रिकेट एकेडेमीले भारतको दरभंगालाई ८ विकेटले पराजित गरेको छ ।

वर्षाले प्रभावित भएपछि ५ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दरभंगाले ५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको थियो । दरभंगाका लागि कुमार राजनिसले नटआउट २३ रनको बनाए । उनले १२ बलमा ३ चौंका प्रहार गरेका थिए। त्यस्तै बिपिन सौरबले १२ र बिभुति भाष्करले ६ रनको योगदान दिए ।

जवाफमा ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले ४.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। काठमाडौंको जितमा राजेश पुलामी मगर र राजु रिजालले नटआउट १७–१७ रनको योगदान दिए । ८ बलको सामना गरेका राजेशले २ छक्काको सहायतामा १७ तथा १० बलको सामना गरेका राजुले २ चौंकाको मद्दतमा समान १७ रनको योगदान दिए । त्यस्तै ओपनर सुनिल धमलाले ६ बलमा २ चौंका प्रहार गर्दै ९ र भिपिन जोनले ४ रन बनाए। राजेश खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा जनकपुरले कलैयालाई ६ विकेटले हराएको छ। कलैयाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। जनकपुरका लागि बिशाल सुस्लीङले सर्वा्धिक २९ रनको योगदान दिए। १४ बलको सामना गरेका उनले ३ चौंका प्रहार गरेका थिए।

त्यस्तै अनिल मण्डलले ३१ बलमा ३ चौंकाको सहायतामा २५, सुनिल शाहले १२ बलमा २ चौंका र १ छक्काको मद्दतमा २० र हरिशंकर शाहले २८ बलमा १ छक्काको सहायतामा १९ रन जोडे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कलैयाले २० ओभरमा ५ विकेटको क्षतिमा १०१ रन बनाएको थियो।

कलैयाका लागि तृतराज दासले सर्वा्धिक ३४ रन जोडे। ४६ बलको सामना गरेका उनले २ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अनिल शाहले २० बलमा ३ चौंका १ छक्काको मद्दतमा २४, अरनिको यादबले २५ बलमा २ छक्का प्रहार गर्दै २३ र सुमन सुनारले ९ रनको योगदान दिए। खेलको ‘म्यान अफ दि म्याच’ हरिशंकर घोषित भए। उनले २ विकेट समेत लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here