समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुस ।

धनुषा भएको दुई छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको दक्षिणी सिमावर्ती क्षेत्रसंग जोडिएको मुखियाट्टी मुसहरनिया गाउँपालिकामा भएको दुर्घटनामा एक जनाको मत्यु भएको छ ।

मुख्यापट्टी मुसरनिया गाँउपालिका जडा नं. १ मा बुधबार ज.११ प.३८८५ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्करबाट मृत्यु हुनेमा मुख्यापट्टी मुसरनिया गाउँपालिका वडा नं. १ बस्ने ६० वर्षीय रामअशिष यादव रहेको प्रहरीले जनाएको छ । ठक्कर दिएर मोटरसाईकल चालक घटनस्थलबाट फरार भएपनि प्रहरीले चालकको पहिचान गरिसकेका जनाएको छ ।

प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जनाएको छ ।

यसैबीच धनुषाको नगराईन नगरपालिका वडा नं. ५ स्थित पिकअप भ्यान र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घम्भिर घाईते भएका थिए ।

ठक्करबाट गम्भिर घाइते भएका स्कुटर चालक जनकपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने दृष्य श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here