समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल आन्दोलनमा उत्रिएको छ ।

मङगलबार बिरगंज र बिराटनगरमा फोरम नेपालका नेता कार्यकर्ताले सर्वोच्चको अन्तरिम आदेशका विरोधमा प्रदर्शन गर्दै अदालतको आदेशको सांकेतिक प्रति पनि जलाएका छन्।
फोरम नेपालका नेता कार्यकर्ताले सर्वोच्चको अन्तरिम आदेश मधेस विरोधी रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले सर्वोच्चको आदेश तत्काल सच्याउन माग गरेका छन्।

सर्वोच्च अदालतकै निर्णयबाट जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई जिल्ला प्रशासन कार्यालयले वंशजका आधारमा नागरिकता वितरण गरिरहेका बेला सर्वोच्चले निर्णय उल्टयाउँदै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गर्नुले सर्वोच्चले दोहोरो चरित्र देखाएको भन्दै फोरमका नेता कार्यकर्ता आन्दोलित भएका छन् ।

संविधानमै २०६३÷६४मा जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने उल्लेख रहेको भन्दै मधेस विरोधी मानसिकता बोकेका केही वकिल र सर्वोच्चले मधेसी युवायुवतीलाई नागरिकताविहीन बनाएर मुलुकमा द्वन्द्वको बीउ रोप्न खोजेको उनीहरुको आरोप छ ।
सर्वोच्चले आफ्नो आदेश तत्काल नसच्याए अझ सशक्त रुपमा सडकमा उत्रिने र त्यसको जिम्मेवार मधेस विरोधी मानसिकता बोकेकाले लिनुपर्ने चेतावनी समेत उनले दिए।

जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा सर्कुलर गरेको थियो।

यो पनि पढ्नुस् :

रोकियो ‘वंशजको आधारमा नागरिकता’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here