समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौ
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले सरकारविरुद्ध संगठित एवं सशक्त आन्दोलन गर्ने भएको छ । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलस्थित मधेस भवनमा बिहीबार सम्पन्न पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध संगठित एवं सशक्त आन्दोलन गर्नुपर्ने कुरा उठाएका छन् ।

राजपा नेपालका महासचिव जितेन्द्र सिंहले पदाधिकारी बैठकले सरकारको काम गर्ने शैली र रबैयाविरुद्ध संगठित एवं सशक्त आन्दोलन गर्न सुझाव दिएको बताए । पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने सबैको धारणा आएको उनले बताए ।

‘वर्तमान सरकारको रबैयाविरुद्ध संगठित एवं सशक्त आन्दोलन गर्नुपर्ने सुझाव पदाधिकारी बैठकमा उठेको छ’ महासचिव सिंहले भने, ‘पाँच दिनसम्म चलेको पदाधिकारी बैठकको सुझाव अनुसार अध्यक्ष मण्डलले अगाडिको कार्यक्रम तय गर्नेछ ।’

पदाधिकारी बैठकमा सरकारविरुद्ध आन्दोलन गर्ने विषय उठेसँगै थप आन्दोलनका कार्यक्रम तय गर्न अध्यक्ष मण्डलको बैठक बस्दैछ । यसैगरी मुद्दा तथा विचार मिल्ने आन्दोलनरत अन्य दलसँग पनि सहकार्य गरेर आन्दोलनलाई संगठित एवं सशक्त बनाउनुपर्ने सुझाव पदाधिकारी बैठकले दिएको छ ।

अहिले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै राप्रपा आन्दोलन गरिरहेको छ । राजपाले उठाउँदै आएको संविधान संशोधनको मुद्दा कांग्रेसले पनि उठाउने भएकाले अबको आन्दोलन कांग्रेससँग मिलेर देशैभरि सशक्त गर्ने तयारी पार्टीको छ ।
राजधानीबाट

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here