समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ११ माघ ।

जयन्ती बोकेर फर्किरहेको बसमा करेन्ट लाग्दा धनुषामा अहिलेसम्म सात जनाको मृत्यू भएको छ । घट्नामा ३० जना भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्तर तथा जनकपुर अञ्चल अस्पतालमा उपचारमा भईरहेको छ । घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. ४ कोठिया बल्टिया टोलमा बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा ६ जनाको मृत्यू भएको छ । घट्नामा दुई बच्चा र दुई महिला सहित अहिलेसम्म सात जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव पूर्णरुपमा जलेकोले अहिलेसम्म सनाखत हुन नसकेको छैन ।

नेकपाका नेता रोशन यादवका अनुसार सबैला नपा–४ कोठिया बल्टियामा सिन्धुलीको दुधौलीबाट दिउँसो आएको जयन्ती बेलुका ७ बजेतिर घर (दुधौली) फर्किरहेको बेला बसमा अचानक ११ हजार भोल्टको विद्युतीय करेन्ट लागेको हो । उनका अनुसार बसको छतमा राखेको ट्रंक (ठुलो बाकस) एक्कासी ११ हजार भोल्टको तारको ठोक्किन पुग्दा बसमा करेन्ट उत्पन्न भएर आगो लागेको हो । अव्यवस्थित तथा अस्तव्यस्त विद्युतीय तार र विद्युत प्राधिकरण तथा नगरपालिका कार्यालयको चरम लापरवाहिका कारण शुक्रबार बेलुका उक्त ठुलो मानवीय क्षति हुने घट्ना हुन पुगेको नेकपाका नेता रोशन यादवले आरोप लगाए ।

उनका अनुसार समयमै नगरपालिका कार्यालय र विद्युत प्राधिकरण सचेत भएर तारको उचित व्यवस्थापन गरेको भए सायद आजको घट्ना हुने थिएन होला । घटनास्थलमा उद्धारको कार्य जारी रहेको र बसभित्र अझै केही मानिस फसेको हुनाले तिनीहरुलाई निकाल्ने भईरहेको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सात जनाको ज्यान जाने गरि भएको उक्त घटनाले सबैला नगरपालिका तथा कोठिया बल्टिया शोकमा डुबेको छ ।


हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here