सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सुरु(फोटोफिचर)

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जानकी मन्दिर सजाउन कलकताबाट फुल


चन्द्रदेव साह

जनकपुरधाम, २१ मंसिर ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताह व्यापी रूपमा धुमधामका साथ मनाइने रामजानकी विवाहपन्चमी महोत्सव शुक्रबार देखी विधिवत रुपमा सुरु भएको छ ।

विवाह पञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सजाउने काम भईरहेको छ । विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव तयारी लगभग अन्तिम चरणमा पुगेको छ । भारत उत्तर प्रदेशका मुख्य मन्त्री आदित्य नाथ योगी विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर जनकपुर आउने निश्चित भएपछि तयारी झन तीव्र पारिएको हो ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरमा भएको स्मरणमा परापूर्वकालदेखि नै जनकपुरमा धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ ।

उक्त विवाहपञ्चमीमा भारत उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगी जन्ती बनेर आउने तय भएपछि जनकी मन्दिर, प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिका तयारीमा जुटेका हुन् ।

त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसीर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरमा विवाह महोत्सव(विवाह पञ्चमी) आयोजना गरिन्छ ।विवाहपञ्चमीमा सहभागि हुने श्रद्धालुहरुलाई पारिवारीक सुख प्राप्त हुने जनविश्वास छ ।

रामसीताको स्वयम्बर कार्यक्रम रंगभूमि मैदान वाह्रविघामा हुनेछ । सातदिनसम्म विभिन्न कार्यक्रमका साथ मनाईने विवाहपञ्चमीमा जनकपुर नगर दर्शन, फुलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाईने गरिन्छ ।

साथै विवाह पञ्चमीलाई भव्य बनाउन भारतको कलकताबाट सात लाखको फुल ल्याउन लागेको जानकी मन्दिरको छोटा महन्थ रामरोशन दास वैष्णवले बताए ।

प्रत्येक वर्ष यस महोत्सवमा भारत तथा नेपालका लाखौं श्रद्धालुहरु सहभागी हुने गरेका छन् भने यस वर्ष पनि विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालहरु सहभागि हुने अनुमान गरिएको छ ।

रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पुजाअर्चना गर्नाले पारिवारिक सुख शान्ति र हरेक दुःखबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

महोत्सवलाई लिएर सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नगरबाट लामखुट्टे धपाउन औषधी

विवाह पञ्चमी महोत्सवमा सहभागि हुन देश विदेशबाट श्रद्धालुहरुको जनकपुरधाम आउने क्रम सुरु भएपछि नगरमा लामखुट्टको औषधी छर्किएको छ ।

जानकी मन्दिर लगायत नगरका विभिन्न ठाउँहरुमा औषधी छर्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here