समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



सप्तरी । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ बर्षिय बालक सम्पर्क बिहिन भएका छन । सप्तरीको राजगढ गाउँपालिका वडा न.३ नर्घोका जागेश्वर यादवका १२ वर्षिय छोरा लक्ष्मण यादवको गत शुक्रवार राती सोही गाउँपालिकामा जन्ती गएको बेला सम्पर्क बिहिन भएका हुन ।

राजविराज स्थित ज्ञान ज्योति बोर्डिङ्ग स्कुलको कक्षा ३ मा अध्ययनरत बालक जन्ती आएको बेला रात्ति नै अपहरणमा परेको हुनसक्ने भन्दै पिडितका आफन्तजनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आईतबार नै उजुरी समेत दर्ता गराएका छन ।

छिमेकी ठकन यादवको छोरीको विवाहमा भोज खान गएको बेला राती नै अपहरण परेको हुन सक्ने अनुमान पिडितका आफन्तजनले गरेका छन । यसैबिच अपहरणमा परेको बालकको खोजी गरिदिन पिडितका परिवारजनले प्रहरी ,संचारकर्मी ,अधिकारकर्मी लगायत सम्बन्धित पक्षसँग जोडदार रुपमा माग गरिएको स्थानीय कृष्णदेव यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here