हात्ती, भालु, अर्नालगायत जंगली जनावरको आतंक वर्षेनी बढ्दै

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।

जनकपुरधाम, ४ चैत ।

सप्तरीमा जंगली भालुको आक्रमणमा परी एक मजदुर घाइते भएका छन् । गिट्टी कुट्न गएका वेला भालुको आक्रमणमा परी सप्तकोशी नगरपालिका १, फत्तेपुरका ५५ वर्षीय मोतीलाल चौधरी घाइते भएका हुन् ।

फत्तेपुरस्थित जंगल क्षेत्रमा रहेको अमाहा खोलामा गिट्टी कुट्दै गरेका वेला उनलाई भालुले आक्रमण गरेका थियो । चौधरीको आँखामा गम्भीर चोट लागेको छ । स्थानीय फत्तेपुर पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारार्थ सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्थानीय प्रदीप चौधरीले जानकारी दिए । फत्तेपुरमा भालुको आक्रमणबाट हालसम्म तीनजनाको मृत्यु तथा दर्जनौँको अंगभंग भएका स्थानीय खगेन्द्र कार्कीले जानकारी दिए ।

थुप्रैले गुमाए ज्यान
सप्तरीमा हरेक वर्ष हात्ती, भालु, अर्नालगायत जंगली जनावरको आतंक बढ्दै गएको छ । यसअघि गत ५ माघमा जंगली हात्तीको आक्रमणमा परी कन्चनरुप नगरपालिका ११ का नन्दकिशोर मण्डलकी ५३ वर्षीया पत्नी कौशल्यादेवीको मृत्यु भएको थियो । 

गत वर्ष १ फागुनमा कन्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया पत्नी दुर्गीदेवीको पनि ज्यान गएको थियो ।

जंगली जनावरको आक्रमणबाटै कन्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फुलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कन्चनरुप नगरपालिका–१०का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवको मृत्यु भइसकेको छ ।

गएको छ । यसअघि गत ५ माघमा जंगली हात्तीको आक्रमणमा परी कन्चनरुप नगरपालिका ११ का नन्दकिशोर मण्डलकी ५३ वर्षीया पत्नी कौशल्यादेवीको मृत्यु भएको थियो । 

गत वर्ष १ फागुनमा कन्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया पत्नी दुर्गीदेवीको पनि ज्यान गएको थियो ।

जंगली जनावरको आक्रमणबाटै कन्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फुलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कन्चनरुप नगरपालिका–१०का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here