समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सप्तरी, २० पुस ।
सप्तरीमा बाख्रा चराउन गएकी एक बालिका बलात्कृत भएकी छन्। इट्टा उद्योगमा कार्यरत लेखापाल राधेश्याम पण्डितले बालिकालाई ललाई फकाई उद्योगभित्र लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

खडग नगरपालिकाका ३५ वर्षीय पण्डितले बालिकालाई इँटा भट्टा उद्योगमा लगेर बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रका अनुसार गत मङसिर १५ गते बलात्कारको घटना भएपनि गाउँघरमा छलफल गर्दा नमिलेपछि बुधबार मात्र पीडितकी आमाले उजुरी लिएर आएकी हुन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सिरहाको लहानको अस्पतालमा गरेपछि उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here