समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ३० पुस ।

प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झा बीच भएको कुटपिटको घटनालाई लिएर कर्मचारी आन्दोलित भएका छन् ।

आईतबार मन्त्रालयको कार्यकक्षमा भएको कुटपिटको घटनालाई लिएर धनुषा र महोत्तरीका विभिन्न ९ वटा ट्रेड यूनियनले दोषि मन्त्रीलाई कारबाही नगरिए आन्दोलनको चेतावनी दिएका छन् ।

कर्मचारीहरुको ट्रेड युनियनले सचिव झालाई थप्पड हानेको घटनालाई घोर भत्र्सना गर्दै सशक्त आन्दोलनको चेतावनी दिदै मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियन धनुषाले कर्मचारीमाथि भएका हातपातले आफुहरुको मनोवल गिराएको भन्दै सुरक्षाको प्रत्याभुतिको माग गर्दै मुख्यमन्त्री राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञपानपत्र बुझाउदैँ माग सम्बोधनका लागि २४ घण्टे अल्टिमेटम समेत दिएको छ । २४ घण्टा भित्रमा सचिव झालाई उचित स्वास्थ्य उपचार तथा घटनाको न्यायिक छानविन माग गरेका छन् ।

घटनामा संलग्न जो कोहि दोषी उपर नियमानुसार सख्त कारवाही तथा पिडित कर्मचारीले तत्काल न्याय पाउनुपर्ने भन्दै ५ सुत्रिय माँग राख्दै मुख्यमन्त्री राउतलाई ज्ञपान पत्र बुझाएका हुन् । मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएपछि मधेशी निजामति ट्रेड युनियनका महासचिव बेचन कुमार महतोले २४ घण्टा भित्रमा मागहरु न्यायोचित रुपमा सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

यता आज मुख्यमन्त्री राउतले पनि कर्मचारीहरुसंग छलफल गर्दै कुनै पनि किसिमको आन्दोलन कार्यक्रम नगर्नका लागि आग्रह गरेका थिए । यता सोमवार कर्मचारीहरुले हातमा कालोपटी बाँधेर काम गरेका छन् ।

ज्ञापनपत्र बुझाउनेमा आधिकारी ट्रेड युनियन धनुषाका अध्यक्ष राम बाबु साह, नेपाल निजामिति कर्मचारी संगठन धनुषाका अध्यक्ष जितनारायण भगत, जुनियर वन प्राधिकरण संघ धनुषाका अध्यक्ष बचन साह, आधिकारी ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादव, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष नवलकिशोर यादव, राष्ट्रिय स्वास्थ्यकर्मी मिलन केन्द्र धनुषाका अध्यक्ष धनेश्वर यादव, नेपाल मधेशी निजामति कर्मचारी मंच धनुषाका दिपक ठाकुर, नेपाल निजामति कर्मचारी युनियन संगठन धनुषाका तैयव राईन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च महोत्तरीका उपाध्यक्ष मनोज ठाकुरले संयूक्त रुपमा मुख्यमन्त्री राउत र धनुषा प्रजिअ कणेललाई ज्ञापनपत्र बुझाएका थिए ।

आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झाको आरोप छ । यता आर्थिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफले कुटपिट नगरेको तथा जुन फाईलको विषयमा आफुलाई लाञ्छना लगाउने तथा बदनाम गर्ने काम गरेको बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here