समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतोले आफ्नो क्षेत्रमा संसदिय कोषबाट निर्माण गरिने ८ वटा धर्मशाला मध्ये २ ठाउँमा आज शिलान्यास गरेका छन् ।

आज जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ विन्हीको सोनासती मन्दिर तथा वडा नं. २४ बसहिया स्थित मुसहरी टोलमा धर्मशालाको शिलान्यास गरेका छन् ।

१०-१० लाखको लागतमा निर्माण हुने धर्मशाला मध्ये अन्य स्थानमा पछि शिलान्यास गरिने महतोका स्वकीय सचिव विन्दकिशोर साहले जानकारी दिए । निर्वाचित क्षेत्रमा सांसद महतो यस विकासको लागि चाँडै १०० करोडको योजना ल्याउन लागेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here