समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । शिक्षा मन्त्रीकै प्रदेशमा एकाबिहानै आगो धन्किएको छ ।
प्रदेश २ लगातार एसईईको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गर्दा परिक्षार्थीहरु आन्दोलित भएका छन् ।


परीक्षा रद्द गरेको विरोधमा प्रदेश भरिकै बिद्यार्थीहरु आन्दोलित भइ सडकमा टायर बाली राजमार्ग अवरुद्ध गरेका छन् ।

नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् ।विद्यार्थीको भविष्यसंग खेलबाड गरेको भन्दै शिक्षा मन्त्रीगिरिराजमणी पोखरेल मुर्दावाद नारा लाउदै प्रदर्शन गरेका छन् ।

शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।

विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएपछि सर्वसाधारण मार्कामा परेका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here