समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । तेस्रो शहिद कप टी २० क्रिकेट प्रतियोगिताको उपाधी सोनेट क्रिकेट कल्ब कानपुरले जितेको छ ।

जनकपुरधामको १२ बिग्हा रंगभूमी मैदानमा मंगलवार भएको फाइनल खेलमा जनकपुर क्रिकेट कल्बलाई ७ विकेटले पराजित गर्दै कानपुरले उपाधी जितेको हो । टस जितेर ब्याटिंग रोजेको जनकपुरले निर्धारित २० अभरमा ८ विकेट गुमाएर १ सय १३ रनको योगफल तयार गरेको थियो ।

जवाबी ब्याटिंग गर्दै कानपुरले ३ विकेटको क्षति भोग्दै १८ अभरमै लक्ष्य प्राप्त गरेको थियो । प्रतियोगिताको समापन समारोहमा विजयी टीम कानपुरलाई २ लाख ११ हजार नगदसहित शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरि उपविजेता जनकपुरलाई १ लाख ५ हजार नगदसहित कप प्रदान गरियो ।

म्यान अफ द म्याच तथा बेस्ट बलरको रुपमा कानपुरका शिवम दिक्षितलाई क्रमशः ११ सय तथा ५१ सय नगदसहित प्रमाण पत्र तथा कप प्रदान गरियो । त्यसैगरि म्यान अफ द सिरिजमा यूनाइटेड क्रिकेट क्लब विरगञ्जका हासिम अन्सारी , बेस्ट ब्याटस्म्यानमा विरगंजकै सैफ अलि हवाडी, मोस्ट भ्यालुएबल प्लेयर अफ द टूर्नामेन्टमा जनकपुरका विशाल सुसलिङ्ग रहेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा उनीहरुलाई नगद, प्रमाण पत्र एवं कप प्रदान गरि पुरस्कृत गरिएको थियो ।

समारोहमा मधेश आन्दोलनका क्रममा शहादत दिएका धनुषा तथा महोत्तरीका शहिद परिवारलाई सम्मान गरिएको थियो ।

तस्वीर – घनश्याम मिश्र

  • update janakpur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here