समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा । सरहाको मिर्चैयामा जनमत पार्टीका अध्यक्ष डा सीके राउतको जनसभा शनिबार अर्थात चैत ३० गते हुने छ । सभालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो भने सभाको आयोजना जनमत पार्टी सिरहाले गरेको छ ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति पछि जनमत पार्टी गठन भएको थियो ।

उक्त पार्टी गठनसँगै मधेशका प्रत्येक जिल्लामा जनसभा गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णय बमोजिम जनमत पार्टीको पहिलो जनसभा सिरहाको मिर्चैयामा हुन लागेको छ । स्थान मिर्चैयाको मोहन माध्यमिक विद्यालयमा बृहत्त जनसभा हुने जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादव त्यागीले बताए ।

उनले भने “सम्पुर्ण मधेशी बासीलाई शनिबार हुने विशाल जनसभामा सहभागी भएर मधेशी एकताको पहिचान बनाउनको लागि ” आग्रह गरेका हो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here