समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ४ पुस ।
धनुषाको मिथिला नगरपालिका वडा नं.६ स्थित ढल्केवरमा रहेको महेन्द्र माध्यामिक विद्यालयमा विपद् व्यवस्थापन, सर्पदंश र विष्फोटक पदार्थ सचेतना सम्बन्धि कार्यक्रम बुधवार सम्पन्न भएको   छ ।
गोरखनाथ गणको आयोजनामा भएको सो कार्यक्रममा नेपाली सेना सम्बन्धि वृत्तचित्र, फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा NCC क्याडेटका छात्र छत्राहरुले खुकुरी ड्रिल र मास पि.टि. र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो, गोरखनाथ गणका गणपति प्रमुख सेनानी भोला पाण्डे, महेन्द्र मा.वि.का प्रध्यानाध्यापक राम दयाल महतो, वडा नं.६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकी , वडा नं ९ का वडाध्यक्ष दिपक थापा , गोगल प्रसाद मा.वि., सरस्वति मा.वि. र सो विद्यालयका शिक्षक, विद्यार्थी र अविभावक लगायत सयौंको संख्यामा स्थानीयहरुको सहभागिता सहभागिता रहेको थियो ।
गोरखनाथ गणले पौष ९ गते शहिदनगर नगरपालिका वडा नं.७ ताराटोल धवौली स्थित एस.एन.आर. जनता माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थय शिविर तथा फोटो प्रदर्शनी गर्ने गोरखनाथ गणका गणपति प्रमुख सेनानी भोला पाण्डेले जानकारी दिएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here