समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं, वैशाख ५ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दकाकारण सर्वसाधरणको जनजिवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बन्दको असर न्यून भएपनि उपत्यका बाहिरका जिल्लामा बन्दको प्रभाव परेको छ ।बिहानको समयमा राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् ।

सरकारले पक्राउ गरेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनीहरुले बन्द घोषणा गरेका हुन्।विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ ।

सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ । सरकारले फागुण २८ गते राती देखी विप्लवको कार्यक्रम बन्द गराई ३५ दिन भित्रमा आत्मासमर्पण गर्न आदेश दिएको थियो। त्यस्तै गरी मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ मा शंकास्पद बस्तु फेला परेको छ । आज बिहान शंकास्पद बस्तु फेला परेपछि प्रहरी त्यसतर्फ गइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here