समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रबिन्द्र यादव

नवलपरासी, २६ पुस ।

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ ।

चक्कु प्रहारबाट छात्रा सामान्य घाइते भएकी छिन । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ ।

साइकलबाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासि चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

अहिले तिनै अज्ञात ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here