समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीका विद्यार्थीलाई हवाई भाडामा छुट दिने निर्णय गरेको छ । पर्यटन मन्त्रालयले विद्यार्थीलाई हवाईभाडामा छुट व्यवस्था निर्णय गरिएको राज्यमन्त्री धनबहादुर बुढाले जानकारी दिनुभयो ।

कर्णालीमा हवाईक्षेत्रमा देखिएका समस्या विषयक छलफलमा मन्त्री बुढाले विद्यार्थीलाई मन्त्रालयले छुट व्यवस्था गर्नुका साथै वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई समेत पहिले निर्णय भएअनुसार छुट व्यवस्था कार्यान्वयन गरिने मन्त्री बुढाले जानकारी दिनुभयो । १५ प्रतिशतसम्म छुटका लागि छलफल भएको छ तर निर्णय हुन बाँकी छ । 

सभार : जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here