समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पोशाक, झोला र जुत्ता वितरण गरिएको छ ।

नगरपालिका ६ स्थित निन्म माध्यमिक विद्यालय हरबडा र प्राथमिक विद्यालय हठ्ठिपुरका विद्यार्थीहरुलाई सोमबार एक समारोह बीच सो सामग्रीहरु प्रदान गरिएको हो ।

नगर प्रमुख उदय बरबरिया र वडा नं. ६ का अध्यक्ष रामएकवाल मण्डलको विषेश सहयोगमा उक्त समानहरु विद्यार्थीहरुलाई वितरण गरिएको जनाईएको छ ।

उक्त सामग्रीहरु वितरण गर्दै नगर प्रमुख बरबरियाले शिक्षा बिकासको मेरुदण्ड भएकाले शिक्षामा सुधार नभएसम्म बिकासका हरेक पुर्बाधारहरु अधुरो रहने बताए । उनले यसै मध्यनजर गर्दै यस आर्थिक बर्षमा नगरको शिक्षामा शैक्षिक उपलब्धि हासिल गर्न अधिकतम बजेट लगानी गरेको समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here