समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वाडा नम्बर १ का वाडा अध्यक्ष शैलेन्द्र महतो विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्दै अभिभावकको घर घरमा पुग्न थालेका छन ।

बटेश्वर गाउँपालिका वाडा नम्बर १ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना गराउन आग्रह गर्दै आइतवारदेखि वाडा अध्यक्ष महतोको नेतृत्वमा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव महतो, विद्यालयका प्रध्यानाध्यापक श्याम सिंहलगायत शिक्षकहरुको टोली अभिभावकहरुको घर घरमा पुगेर अभिभावकहरुलाई विद्यालयमा विद्यार्थी भर्ना गराउन आग्रह गर्ने गरेका छन ।

आइतवार विहानैदेखि बटेश्वर गाउँपालिका वाडा नम्बर १ चित्रपुरमा घरदैलो गर्दै टोलीले विद्यार्थी भर्ना गराउन आग्रह गरेको विद्यालयका शिक्षक सतेन्द्र शर्माले बताए । विद्यार्थी र अभिभावकहरुलाई घरमै भेटेर विद्यालय जाने उमेर पुगेका बालवालिकाहरुलाई विद्यालयमा भर्ना गराउनका लागि आग्रह गर्ने गरेका छौं ।

अभिभावकहरुको घर घरमा जाँदा अभिभावकहरुको समेत समस्या, गुनासो सुन्ने अवसर पाएकाले विद्यालयमा भएका कमीकमजोरी सुधार गरिने विद्यालयका प्र.अ.श्याम सिंहले जनाएका छन ।

उनले भने आइतवार र सोमवार घरदैलो गरेर विद्यार्थी भर्ना अभियानबारे जानकारी गराउँदै आएको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here